९ श्रावण २०८३, शनिबार
Follow Us

जर्मनीस्थित जनसम्पर्क समितिको संयोजकमा विजय मोक्तान

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८३, शनिबार १४:००

काठमाडौं — नेपाली कांग्रेसले जर्मनीस्थित नेपाली जनसम्पर्क समितिको संयोजकमा विजय मोक्तानलाई नियुक्त गरेको छ। पार्टीका सभापति गगनकुमार थापाले श्रावण १, २०८३ मा जारी गरेको पत्रमार्फत मोक्तानलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

पत्रअनुसार, जर्मनीमा रहेका वर्तमान तथा पूर्व समितिका सदस्यहरूबीच समन्वय गर्दै दुई महिनाभित्र अधिवेशन सम्पन्न गराउने जिम्मेवारी उनलाई दिइएको छ। साथै, पार्टीको विधानअनुसार सदस्यता वितरण तथा संगठनलाई सुदृढ र गतिशील बनाउने अपेक्षा समेत गरिएको छ।

नेपाली कांग्रेसले मोक्तानको नेतृत्वमा जनसम्पर्क समितिलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ।

धेरै पढिएको