काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित काँग्रेस पार्टी कार्यालय पुगेका छन् ।
सभापति लामिछानेले काँग्रेस पार्टी कार्यालय पुगेर श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
मंगलबार निधन भएका श्रेष्ठको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् ।