काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छन् । शुक्रबार नेपाल आएकी उनले शनिबार बिहान पशुपतिनाथको दर्शन गरेकी हुन् ।
‘इएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६’ मा सहभागी हुन शिल्पा नेपाल आएकी थिइन् । उनी विशेष अतिथिकारुपमा कार्यक्रममा सहभागी भएकी छन् ।
भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्थाले पहिलोपटक नेपालमा आयोजना गरेको १३औँ ‘ईएमए एस ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा सहभागी हुन उनी काठमाडौं आएकी हुन् ।
कार्यक्रम आइतबारसम्म चल्ने छ । कार्यक्रममा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुने जनाइएको छ ।