१६ श्रावण २०८३, शनिबार
Follow Us

‘गौँथली’ बेलायतका सिनेमा हलमा शुक्रबारदेखि प्रदर्शनमा, टिकट बुकिङ खुला

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०८३, शनिबार २०:१६

लण्डन। बेलायतमा कार्यरत निर्देशक डा. कपिल रिजालद्वारा निर्देशित नेपाली चलचित्र ‘गौँथली’ अब बेलायत तथा आयरल्याण्डका सिनेमा हलहरूमा पनि प्रदर्शन हुने भएको छ। यससँगै यहाँस्थित नेपाली समुदायले चलचित्रलाई ठूलो पर्दामा हेर्ने अवसर पाउने भएका छन्।

नेपालमा साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ ले पहिलो सप्ताहन्तमै उत्साहजनक व्यापार गर्न सफल भएको थियो। सोही सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै चलचित्रलाई आगामी शुक्रबार, ७ अगष्टदेखि बेलायत र आयरल्याण्डका विभिन्न सिनेमा हलहरूमा प्रदर्शन गर्न लागिएको वितरकले जनाएको छ।

बेलायतस्थित नेपाली दर्शकहरूको मागअनुसार निर्माण पक्षले प्रदर्शनको व्यवस्था मिलाएको हो। तर, धेरै सिनेमा हलहरूमा शो सीमित संख्यामा मात्र राखिएको हुँदा दर्शकलाई समयमै टिकट बुक गर्न आग्रह गरिएको छ। कतिपय हलहरूमा एक वा दुई शो मात्र रहने सम्भावना भएकाले टिकट ढिलो गर्दा नपाउने वा महँगो पर्न सक्ने बताइएको छ।

निर्देशक डा. कपिल रिजालका लागि ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभई पुस्तौँदेखि निरन्तर बग्दै आएको नेपाली कला, साहित्य र संस्कृतिप्रतिको मोहको प्रतिनिधित्व गर्ने कृति पनि हो। यसले सामाजिक विषयवस्तुलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।

चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काले मुख्य भूमिका निर्वाह गरेका छन्। अरुणले अटिजम भएका पात्रको संवेदनशील भूमिका निभाएका छन् भने सिम्रनले बुहारीको भूमिका प्रस्तुत गरेकी छन्। साथै, चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा र सन्जोग रसाइलीलगायतका अनुभवी कलाकारहरूको अभिनय देख्न सकिन्छ।

डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद लेखन निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा गरेका छन्।

विशेष रूपमा, शनिबार फेल्थाममा हुने साँझको शोमा चलचित्रका निर्माता तथा निर्देशक डा. कपिल रिजाल स्वयं उपस्थित भई दर्शकसँगै बसेर चलचित्र हेर्ने कार्यक्रम समेत तय गरिएको छ।

कुन–कुन सिनेमा हलमा ‘गौँथली’ प्रदर्शन हुँदैछ र कसरी टिकट बुक गर्ने भन्ने जानकारीका लागि सम्बन्धित सिनेमा हल वा आधिकारिक अनलाइन प्लेटफर्महरूमा हेर्न सकिनेछ।

Friday 7 August
📍 Bexleyheath – 19:15
🎟️ Book here:

📍 Aldershot – 19:15
🎟️ Book here:

📍 Swindon – 19:15
🎟️ Book here:

📍 Ashford – 19:15
🎟️ Book here:

📍 Wolverhampton – 19:15
🎟️ Book here:

Saturday 8 August
📍 Birmingham NEC – 20:10
🎟️ Book here:

📍 Ilford – 19:10
🎟️ Book here:

📍 South Ruislip – 19:50
🎟️ Book here:

📍 Feltham – 19:15
🎟️ Book here:

धेरै पढिएको