१७ श्रावण २०८३, आईतवार
Follow Us

नेपाली कांग्रेसद्वारा खगेन्द्र जीसी केन्द्रीय आमन्त्रित सदस्यमा मनोनयन

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०८३, आईतवार १३:३२

लण्डन — नेपाली कांग्रेसले खगेन्द्र जीसी।लाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा मनोनयन गरेको छ। पार्टी सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको पत्रमार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो।

पार्टीको विधान २०७१ (संशोधन सहित) अनुसार गरिएको यो मनोनयनले कांग्रेसलाई अझ सुदृढ र गतिशील बनाउने विश्वास गरिएको छ। जी।सी। हाल अमेरिकामा बसोबास गर्दै आएका छन्।

नेपाली कांग्रेसले विभिन्न समयहरूमा केन्द्रीय समिति विस्तार गर्दै नयाँ सदस्यहरू मनोनयन गर्दै आएको छ, जसले पार्टीभित्र विभिन्न समूहहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरेको देखिन्छ ।

पार्टीले जी।सी।को अनुभव र योगदानले संगठनलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

धेरै पढिएको