मुम्बई । भारतीय टेलिभिजनमा चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपती’ चर्चित शो मध्य एक हो ।
यसको शो यसकारण पनि चर्चित छ कि यसलाई लामो समय देखी बिग बि अर्थात अभिताभ बच्चनले चलाउँदै आएका छन् । यसका कारण यो शोका लागि करोडौं दर्शक भारतमा रहेका छन्। जब ‘कौन बनेगा करोडपती’ नयाँ सिजन सुरू हुन लाग्छ, तब यसका बारेमा हजारौं समाचार छापिन्छन र करोडौं पाठकले चासोको साथ पढिरहेका हुन्छन् ।
यसैक्रममा टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को मराठी संस्करण निर्माणको क्रममा छ। हिन्दी संस्करण बिग बि अर्थात अभिताभ बच्चनले सञ्चालन गरे पनि भारतकै अन्य भाषामा पनि यो शो प्रसारण गरिने गरिएको छ।
अब विभिन्न भारतीय सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार माधुरी दीक्षितले मराठी भाषाको ‘कौन बनेगा करोडपति’ कार्यक्रमको सञ्चालन गर्ने भएकी छिन्। हालसम्म यस कार्यक्रमका सातवटा सिजन प्रसारण भइसकेका छन् र अब आठौं सिजनको सञ्चालकका रूपमा माधुरी दीक्षितको नाम चर्चामा रहेको छ।
यद्यपि, नयाँ सिजनको मिति भने अझै घोषणा गरिएको छैन। तर, माधुरीले यस कार्यक्रमसँग जोडिने अवसर पाएकोमा कृतज्ञता व्यक्त गरेकी छिन्।