२३ भाद्र २०८३, मंगलवार
Follow Us

कर्मचारीले झोसे पालिकामा आगो

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०८३, मंगलवार १०:४१

काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । पालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल र सोही गाउँपालिका वडा नम्बर ४, गल्लाबाडा बस्ने ४७ वर्षीय कृष्णचन्द्र जैसी समातिएका हुन् ।

गत भदौ ७ गते बिहान १ बजे पालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनाबारे अनुसन्धान गर्ने क्रममा उनीहरुको संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

धेरै पढिएको