१५ आश्विन २०८३, बिहीबार
Follow Us

रविको प्रश्नः चोटमा परेका व्यक्तिले भगवानलाई त सराप्छ, सरकार र रास्वपा के हो ?

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८३, बुधबार ११:३०

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शोकको घडीमा नागरिकबाट राज्यमाथि पोखिएको आक्रोशलाई स्वभाविक रुपमा लिनका लागि राज्य संयन्त्र र पार्टी पंक्तिलाई अनुरोध गरेका छन ।

आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले यस्तो अनुरोध गरेका हुन । उनले आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नेसर्गिक अधिकार भएको पनि बताए ।

उनले भने, ‘सरकारका सम्पूर्ण संयन्त्र र पार्टी पंक्तिलाई यही रोस्ट्रमबाट स्मरण गराउन चाहन्छु, जब मानिस गहिरो चोटमा पर्छ, उसले अप्रत्याशित शोक भोग्छ । उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ? रास्वपा के हो ?’ उनले भनेका छन् ।

नागरिकको त्यो आक्रोशलाई प्रहारको रुपमा नबुझ्न पनि उनले आग्रह समेत गरेका छन । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रुपमा बुझ्नुपर्छ ।

त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँशु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो ।’

धेरै पढिएको