१५ आश्विन २०८३, बिहीबार
Follow Us

नेप्से १५ अंकले घट्यो, मर्जरमा जान लागेका सिन्धु र जानकीको मूल्यमा पहिरो

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८३, बुधबार ११:३१

काठमाडौं । सार्वजनिक बिदा पछि आज बुधवार खुलेको शेयर बजार घटेर बन्द भएको छ । रसुवामा गत भदौ १० गते गएको बढी र तयपछि घटेको बजारमा चार दिन यता भने शेयर बजार लगातार बढेको थियो ।

तर, आजको कारोबार भने घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५ अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.६० प्रतिशत घटेर परिसूचक २५४५ विन्दुमा पुगेको छ ।

बजार बन्द हुँदासम्ममा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर कारोबार भएको छ । आज नेप्से घट्दा ७४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भन १९२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज दिनभरमा ३५२ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ८०४ पटक शेयर किनबेच भएको छ । मर्जरको अन्तिम तयारीमा रहेको सिन्धु विकास बैंक र जानकी फाइनान्समा भने नकारात्मक सर्किट लागेको छ ।

धेरै पढिएको