४ आश्विन २०८३, आईतवार
Follow Us

रास्वपा सचिवालय बैठकमा रविले भनेः पार्टी, संसद् र सरकारको सम्बन्ध बलियो बनाउनुपर्छ

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०८३, आईतवार १०:३२

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताएका छन ।

आज (आइतबार) बसेको रास्वपा सचिवालय बैठकमा उनले यो धारणा राखेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन ।

बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता खरेलले भने, ‘पार्टी सभापतिज्युले बैठकमा पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध भएकाले यो तीन वटैबीचको सम्बन्ध बलियो बनाएर जानुपर्छ भन्ने निर्देशन दिनुभएको छ ।’

यस्तै, सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद र समर्थकको अनुशासनको विषयमा पनि केही निर्देशनात्मक कुरा राखेको पनि उनले बताए ।

धेरै पढिएको