१० आश्विन २०८३, शनिबार
Follow Us

वर्षाले नेपाल र जापानबीचको खेल वर्षाले रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०८३, शनिबार ०४:२२

काठमाडौँ । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा झारिएको खेलमा ४ विकेट गुमाउँदै १५० रनको लक्ष्य दिएको थियो । तर वर्षाका कारण जापान जवाफी ब्याटिङमा उत्रन पाएन र खेल रद्द गरियो ।

योसँगै नेपाल २ खेलबाट ३ अंकसहित समूह विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गर्‍यो । नेपालले हिजो शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो ।

क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ । अफगानिस्तानले भारतसँग खेल्नेछ । खेल मंगलबार बिहान पौने ६ बजे सुरु हुनेछ ।

धेरै पढिएको