१६ आश्विन २०८३, शुक्रबार
Follow Us

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०८३, शुक्रबार ०८:५२

काठमाडौं । अनमोल केसी र प्रिन्सी खतिवडा अभिनित चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । शुक्रबार दिउँसो निर्माण ब्यानर सनराइज पिक्चरले फिल्मको प्रचारलाई गति दिने उद्देश्यसहित चलचित्रको पहिलो प्रचार सामग्री सार्वजनिक गरेको हो ।

टिजरले चलचित्रको परिवेश र कथाका आयामहरुको झलक मात्र प्रस्तुत गरेको छ । टिजरअनुसार अनमोलले बुवा भुवन केसीको युवावस्थाको भूमिका निर्वाह गरेका छन् । भुवन शिक्षक हुन्छन् । उनको आफ्नै विद्यार्थीसँगको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको छ ।

टिजरमा अनमोल र प्रिन्सीको केमेस्ट्री जबर्जस्त देखिएको छ । सामाजिक सञ्जालमा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित धेरैले प्रशंसा गरिरहेका छन् । ‘बाटुलो जून’ आगामी कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) रिलिज हुनेछ ।

धेरै पढिएको