खेल

एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ ।

लुम्बिनीले अघिल्लो खेलकै सुरुआती टोलीलाई निरन्तरता दिएको छ भने सुदूरपश्चिमले तीन खेलाडी परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा अविनाश बोहरा फर्किएका छन् । फाबियन एलन र ब्रान्डन म्याकमुलेनको ठाउँमा क्रमशः थनुका दबारे र जर्ज मन्से खेल्नेछन् ।

स्कटिस अलराउन्डर म्याकमुलेन आईएल टी-२० खेल्न यूएई गएपछि सुदूरपश्चिमले उनको स्थानमा अर्का स्कटिस खेलाडी मन्सेलाई टोलीमा समेटेको हो ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम