१६ भाद्र २०८३, मंगलवार
Follow Us

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, मतपत्रको फोटो आरजुलाई पठाइयो

नेपालब्रिटेन डट कम्
६ पुष २०७९, बुधबार ०४:३१

नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। झन्डै २ घन्टापछि मतदान सकिएको हो।

अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्।

८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। भोजपुरकी सांसद माया राईलाई मतदान गराउन भने प्रतिनिधिहरू अस्पतालमै पुगेका थिए।

उनी सुत्केरी भएकाले ओम अस्पतालमा छिन्। उनलाई अस्पतालबाटै मतदान गराउन समिति सदस्यहरु मतपत्र लिएर गएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए।


महिला सांसदले मतपत्रको फोटो आरजुलाई पठाए

नेपाली काग्रेस संसदीय दलको नेता छान्न अहिले मतदान भइरहेको छ । मतदानका लागि जाँदा निर्वाचन समितिले मतदातालाई मोबाइल लैजान निषेध गरेको छ ।

तर नौ जना महिला सांसदहरूले भने मोबाइल लगेर मतपत्रको फोटो खिचेको सूचना प्राप्त भएको छ ।

एकै समयमा मतदानका लागि गएका ९ जना महिला सांसदले मतपत्रको फोटो खिचेर कांग्रेस नेतृ आरजु राणालाई बुझाएका छन् ।

आरजुले ती तस्वीरहरू सभापति शेरबहादुर देउवालाई ‘फरवार्ड’ गरिसकेकी छन् ।

धेरै पढिएको