ब्रेकिङ न्युज

पूर्वसांसद सुमना श्रेष्ठद्वारा काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । पूर्वसांसद सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

श्रेष्ठले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत आफूले जीवन र कर्ममा आर्जन गरेको सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने घोषणा गरेकी छन् ।

‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु,’ उनले भनेकी छन् ।

श्रेष्ठ रास्वपाकी संस्थापक सदस्य हुन् । उनी अघिल्लो कार्यकालमा प्रतिनिधिसभा सदस्यसमेत थिइन् । तर फागुनको निर्वाचनअघि उनले रास्वपा परित्याग गरेकी थिइन् । केही समयअघिदेखि सुमना कांग्रेसबाट मेयरमा उम्मेदवार बन्ने चर्चा थियो ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम