ब्रेकिङ न्युज
अमेरिकाबाट निकालिएका पाँच नेपालीलाई काठमाडौँ ओरालिँदै
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले थप पाँच जना नेपाली नागरिकलाई देश निकाला (डिपोर्ट) गरी स्वदेश फर्काउने भएको छ। अमेरिकी अध्यागमन तथा भन्सार कार्यान्वयन निकाय (आइसिइ ) को चार्टर्ड विमानमा तिनलाई नेपाल ल्याइँदैछ ।
परराष्ट्र श्रोतका अनुसार अमेरिकी अध्यागमन तथा भन्सार कार्यान्वयन निकायको चार्टर्ड विमान अर्को बुधबार दिउँसो साढे २ बजे बंगलादेशको राजधानी ढाका हुँदै त्यहाँ उस्तै प्रकृतिका केहीलाई छाडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौंमा अवतरण गर्नेछ । उक्त विमान राति काठमाडौंमा बसेर भोलिपल्ट बिहान ७ बजे गुआमको हागात्ना प्रस्थान गर्ने बुझिएको छ ।

