ब्रिटेन

बाढी पिडितलार्इ धादिङ-नुवाकोट समाज बेलायतकाे ५ लाख सहयोग

लन्डन । धादिङ-नुवाकोट समाज बेलायतले नेपालमा हालै गएको बाढी, पहिरो र डुबानपीडित परिवारजनलाई राहत उपलब्ध गराउने सहयोगमा जुटेको छ ।

अबिरल बर्षादको कारण नेपालको तराई भूभागमा आएको बाढीले ठूलो धनजनको क्षति प्रति गहिर दुख ब्यक्त गर्दै धादिङ-नुवाकोट समाज बेलायतले यस्तो मानबिय कार्यमा सर्लाहीको डुबान क्षेत्रमा संस्थाकै प्रतिनिधी गै आपत्कालिन रुपमा अत्याबश्यक राहत सामाग्रीहरु बितरण गर्दैछ ।

गत शुक्रबार समाजका अध्यक्ष चोक बहादुर तामाङको अध्यक्षतामा बसेको कार्यसमितिको बैकले संस्थाका उपाध्यक्ष ईन्जिनियर दीप तामाङ यही बुधबार २३ अगष्ट २०१७ का दिन बाढी प्रभावित सर्लाही गै स्थानीय सामाजिक अभियन्ता तथा बाल सचेतना केन्द्रमा अध्यक्ष सुरेन्द्र लामाको संयोजनमा अत्याबश्यक सामाग्रीहरु बितरण गरिदै छ ।

संस्थाका महासचिब धन बहादुर पाख्रिनका अनुसार समाजका सदस्यहरुबाट ५ लाख भन्दा बढी रकम संकलन भै सकेको छ भने भोली मंगलबार २२ अगष्ट सम्म प्राप्त सम्पूर्ण रकम सिधै प्रभावीत क्षेत्रको लागी अत्याबश्यक सामाग्री खरिदको गर्न पठाईने हुंदा संस्थाको अग्रजहरु, सदस्य, शुभ-चिन्तक,शुभेच्छुक सबैलाई यस मानबिय कार्यमा सहभागी हुन संस्थाको तर्फबाट अध्यक्ष सिबी तामाङले सबैलाई आह्वान समेत गर्नु भएको छ ।
यसै बीच सहयोग रकम जम्मा गर्न संस्थाको खाता नं २१५२६५०२ सर्टकोड ४०-३५-४५ रहेको जानकारी समेत दिनु भएको छ । स्मरण रहोस,प्रवासबाट प्रभाबित क्षेत्रमा आफ्नै पहलमा राहत बितरण गर्ने यो पहिलो संस्था समेत भएको छ ।
20987738_10214206641101883_465648879_n

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्