२ आश्विन २०८२, बिहीबार
Follow Us

बेलायतबाट एनआरएन आइसिसीमा क कसको नाम सिफारिस भयो

nepalbritain news
२३ कार्तिक २०७४, बिहीबार ०९:४३

गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा सदस्य मनोनयन गरी पठाउने वैधानिक परम्परा अनुसार गैर आवसीय नेपााली संघ युकेले बुधबार युरोप कोअर्डिनेटरलाई एक पत्र लेखी एनआरएनको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने अभियन्ताहरुलाई सिफारिस गरेको छ । आइसिसी सदस्यमा सिफारिस हुनेहरुमा , योगेन क्षेत्री , पूर्व अध्यक्ष एवम् आइसिसी सदस्य , महेन्द्र कँडेल , पूर्व अध्यक्ष , शिवजी श्रेष्ठ , रामशरण सिंखडा , कृष्ण तिमिल्सिना , हिराधन राई , चिरन शर्मा , दिपक श्रेष्ठ , राष्ट्र रार्ई , अर्जुन कटवाल , उमेश मोक्तान , दुत पुन , दयानिधि सापकोटा , मनोनयनका लागि सिफारिस भएका छन् । एनआरएन युकेका अनुसार उनीहरुले गैरआवसीय नेपाली संघको अभियानमा लामो समयदेखि योगदान’ पुर्‍याउँदै आएका कारण उनीहरुले पुर्‍याउँदै आएको अतुलनीय योगदानको कदर गर्दै संघले मनोनयन गरेको हो । एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी र महासचिव राजकुमार त्रिपाठीद्वारा हस्ताक्षरित सो मनोनयनमा एनआरएनमा लामो समय बिताएका अग्रजहरु र वास्तवमै एनआरएन अभियानमा सक्रिय भई लागेका समाज सेवीहरु समेटिनुले बेलायतको एनआरएन सकारात्मक बाटोमा जाने विश्वास रहेको महासचिव त्रिपाठीले बताए ।

धेरै पढिएको