११ कार्तिक २०८२, मंगलवार
Follow Us

डबल नागरिकता लिएको आरोपमा गाउँपालिका अध्यक्षबिरद्ध मुद्दा दायर

nepalbritain news
१८ माघ २०७४, बिहीबार ०२:३४

रोल्पा । सुकीदह गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ। फरक फरक नाम र समयमा दुईवटा नागरिकता लिएको भन्दै मुद्दा दर्ता गरिएको हो।

स्थानीयवासी हरिबहादुर पुनले बुधबार जाहेरी दर्ता गरेका थिए। प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराइले मुद्दा दर्ता भएपछि अनुसन्धान थालिएको बताए। तत्काल अनुसन्धान थाल्न मुद्दा शाखालाई निर्देशन दिइसकेको छु उनले भने।

यसअघि जाहेरीकर्ता पुनले राजनीतिक दबाबमा प्रजिअले मुद्दा दर्तामा आनाकानी गरेको आरोप लगाउँदै आएका थिए।
– कान्तिपुर दैनिकबाट ।

धेरै पढिएको