२ आश्विन २०८२, बिहीबार
Follow Us

देउवाले आज देशवासीका नाममा सम्बोधनसँगै राजीनामा दिने

nepalbritain news
३ फाल्गुन २०७४, बिहीबार ०१:५२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन्। निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि हिजो नै राजीनामा दिने बताइए पनि प्रधानमन्त्री देउवाले विशेष सम्बोधनका साथ राजीनामा बुझाउने भएपछि आजका लागि सारिएको हो।

देउवाले आज बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाएका छन्। बैठकलगत्तै प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने र सम्बोधनपश्चात राजीनामा बुझाउने कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियार जानकारी दिए।
– डिसी नेपालबाट ।

धेरै पढिएको