१ आश्विन २०८२, बुधबार
Follow Us

नवीनकुमार घिमिरे अख्तियार प्रमुखमा

nepalbritain news
३ फाल्गुन २०७४, बिहीबार ०१:४७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले बुधबारदेखि सम्हालेका छन्। घिमिरे ०७१ चैत १९ मा आयोगको आयुक्तमा नियुक्त भएका थिए।

घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ०७४ जेठ ८ देखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका दीप बस्न्यातले उमेरहदका कारण फागुन १ बाट अवकाश पाएका थिए।
-गो.प.

धेरै पढिएको