१२ कार्तिक २०८२, बुधबार
Follow Us

बसको ठक्करबाट एक जनाको मृत्यु

nepalbritain news
१३ फाल्गुन २०७४, आईतवार ०४:२१

सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन् । उनलाई ना२ख ९८४६ नंको बसले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उराँवको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

ठक्कर दिने बस जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ भने बसका चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

धेरै पढिएको