४ फाल्गुन २०८२, सोमबार
Follow Us

बलात्कार प्रकरण ; आमाको खातामा भेटियो १८ लाख

nepalbritain news
१३ फाल्गुन २०७४, आईतवार ०४:१८

काठमाडौँ । बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ।

दुईवटा बैंकका खातामा ९,९ लाख रुपैयाँ भेटिएको हो। प्रहरीले यसअघि विचौलिया नै रकम लगेर फरार भएको दावी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ।

मितेरी डेभलमपेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ। पीडित बालिकाका नाममा इटहरी उपमहानगरपालिका १९ को बरमपुरमा ७ लाख बराबरको जमिन किनेको पनि फेला परेको छ।

पुस १८ गते प्रहरी कार्यालयमै बलात्कार घटनाको मिलपत्र भए पनि लेनदेन भने बाहिर अर्कै कागज गरेर भएको स्रोतले बतायो।
-कान्तिपुर दैनिकबाट ।

धेरै पढिएको