२२ भाद्र २०८२, आईतवार
Follow Us

शत्रु गतेको ट्रेलर सार्वजनिक

nepalbritain news
२० फाल्गुन २०७४, आईतवार ०४:२२

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रुगते’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौँको कुपण्डोलमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर २ मिनेट ५२ सेकेन्डको रहेको छ। चलचित्र आगामी चैत्र ९ गते रिलिज हुँदैछ।

शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि रिलिज गरिएको चलचित्र शत्रु गतेको ट्रेलर करिब १२ घण्टामै ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । यो समाचार तयार पर्दा सम्म यो ट्रेलरलाई युट्युबका दर्शकले ५ लाख ७४ हजार २ सय ०३ पटक हेरिसकेका छन् ।

यो वर्ष सबैको प्रतीक्षामा रहेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, सुष्मा कार्की, मोहित वंश आचार्य, राजु भुजु लगायतका कलाकारको अभिनय छ।

चलचित्रमा दिर्घ गुरुङ्गको छायांकन, मित्र डि गुरुङ्गको सम्पादन, टंक बुढाथोकी र काली प्रसाद बाँसकोटाको संगित, कविराज गहतराज र प्रविण सिंहको कोरीयोग्राफी र रोशन श्रेष्ठको एक्सन रहेको छ ।
– फिल्मी खबरबाट ।

धेरै पढिएको