१३ कार्तिक २०८२, बिहीबार
Follow Us

राष्ट्रपतिमा विद्यादेवी भण्डारीको उम्मेद्वारी दर्ता

nepalbritain news
२३ फाल्गुन २०७४, बुधबार ०७:४१

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ राष्ट्रपतिका लागि मनोनय दर्ता गराएकी छन्।

भण्डारीले आज निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्। भावी राष्ट्रपतिका लागि भण्डारीलाई वाम गठबन्धनको समर्थन छ।

यसअघि नेपाली काँग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले उम्मेद्वारी दर्ता गराइसकेकी छिन्।

नयाँ राष्ट्रपतिका लागि आज उम्मेद्वारी दर्ता र फागुन २९ गते निर्वाचन तोकिएको छ।
– डिसी नेपालबाट ।

धेरै पढिएको