२७ चैत्र २०८२, शुक्रबार
Follow Us

परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०८२, शुक्रबार ११:५०

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकरबीच शुक्रबार दिउँसो औपचारिक भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा दुवै पक्षबीच नेपाल-भारत सम्बन्धका विभिन्न आयाम तथा सहकार्यका सम्भावनाबारे छलफल भएको बताइएको छ। उक्त भेटपछि भारतीय विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै छलफल फलदायी रहेको उल्लेख गरेका छन्।

उनका अनुसार दुवै देशबीचको साझेदारीलाई अझ व्यापक बनाउँदै विभिन्न क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा विचार–विमर्श भएको हो।

धेरै पढिएको