३ असार २०८३, बुधबार
Follow Us

श्रीराम मन्दिरमा तीजको निम्तो

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार २२:२२

यही सेप्टेम्बर ४ तारिख, आइतबारका दिन लण्डन, साउथहलस्थित श्रीराम मन्दिरमा तीजको अवसरमा विश्व हिन्दु महासंघ युकेको आयोजनामा पुजाआजा सहित भव्य कार्यक्रम हुनलागेको छ।
दिउँसो एक बजेदेखि अपरान्ह पाँचबजेसम्म हुने कार्यक्रममा महासंघले रुद्री पुजा तथा विशेष मन्त्र पाठको व्यवस्था पनि मिलाएको छ। त्यस्तै पुजाआजा सम्पन्न भैसकेपछि तीजको नाचगान र रमाइलोका लागि तीजका रमाइला गीतहरु सहित डिजेको पनि व्यवस्था गरिएको छ।
“हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वका अवसरमा सँधैजस्तै यसपटक पनि श्रीराम मन्दिरमा आयोजना हुन गैरहेको पुजाआजा तथा नाचगान कार्यक्रममा सहभागी हुन हामी बेलायतस्थित सबै नेपाली दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं,” विश्व हिन्दु महासंघ युकेका अध्यक्ष चिरन्जीवी ढकालले भन्नुभयो। “नेपाल बाहिर बसेर पनि आफ्नो संस्कृति र परम्परा अक्षुण्ण राख्‍ने यस अभियानमा सघाउन पनि सबैमा हाम्रो हार्दिक अनुरोध छ,” उहाँले थप्नुभयो।
कार्यक्रम श्रीराम मन्दिर, २२ किङ्गस स्ट्रीट, साउथहल UB2 4DA मा आयोजना हुने र बस, ट्युब तथा नजीकै पार्किङको पनि सुविधा रहेको आयोजक विश्व हिन्दु महासंघ युकेले जनाएको छ।

धेरै पढिएको

slot gacor