ताजा खबर

५ लाख घुससहित सहन्यायाधिवक्ता पक्राउ

कास्की । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित बुधबार पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान करिब ९ बजे उनलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको जनाएको छ ।
कार्यालयमै घुस लिने गरेको विशेष सूचनाका आधारमा उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालले बताएका छन्।

अख्तियारका दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख काशिराज दाहालका अनुसार ठगीसम्बन्धी मुद्दा अगाडि नबढाउने भन्दै उनले सेवाग्राहीबाट घुस लिएका हुन्।

अख्तियारको नियन्त्रणमा रहेका थापाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

About the author
nepalbritain news

nepalbritain news