२८ फाल्गुन २०८२, बिहीबार
Follow Us

चन्द्र भण्डारीले गरे काँग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०८२, बुधबार ०५:०२

काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

भण्डारीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन्।

‘नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म-जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ।

धेरै पढिएको