मुख्य समाचार
शिविर लिएर डा. केसी बझाङमा
प्रा.डा. गोविन्द केसीले बझाङका ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् । केसीले २ दिने स्वास्थ्य शिविरमा ४ सयभन्दा धेरै बिरामीको स्वास्थ्य जाँच गरेका छन् ।
२ दिने स्वास्थ्य शिविरमा धेरैजसो महिला तथा बालबालिका सहभागी भएको जनाइएको छ । केही दिनअघि आफैँ बिरामी परेर अस्पताल भर्ना भएका डा. केसी स्वास्थ्यलाभपछि बझाङ गएका थिए ।
केसीले १५औँ सत्याग्रहका क्रममा वि.सं. २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न अल्टिमेटम दिइसकेका छन् । केसीले सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर चिकित्सा शिक्षा ऐन संसदबाट अविलम्ब पारित गर्न पनि माग दोहो¥याउँदै माग पूरा गर्नका लागि आगामी पुस २ गतेसम्मको समयसीमा दिएका छन् ।

