‘सिट भन्दा वढी मानिस किन राखेको भन्दै कारण देखाउ आदेश जारी’
काठमाण्डौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातका साधनहरूमा ऊपलव्ध सवारी सिट भन्दा वढी संख्यामा मानिसहरू राख्न किन दिएको भन्दै उत्प्रेषणको आदेश जारी गरेको छ ।
गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले देशका विभिन्न भुभागहरुको भ्रमण गर्दा सार्वजनिक यातायातका साधनहरूमा ऊपलव्ध सवारी सिट भन्दा वढी संख्यामा मानिसहरू बोकी आम नेपाली जनताको नेपालको संविधानका सम्वन्धि हकको उल्लघंन भएको निवेदन माथि सर्वोच्चले सुनुवाई गर्दै उक्त आदेश जारी गरेको हो ।
सर्वोचले गृह मन्त्रालय, भौतीक योजना तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी माहशाखा रामशाहपथको नाममा १५ दिन भित्र पेश कारण देखाउ आदेश जारी गरेको छ ।
रोस्याराले सर्बसाधारणको असहज यात्राले कानून एवं संवैधानिक प्रश्न लगाएत सार्बजनिक चासो र सरोकारको विवादको समेत सिर्जना गरि दिएको हुदा तत समवन्ध उपचारका लागी अन्य उपचारको वाटो समेत नभएको भन्दै अदालतको ढोका घचघचाएका थिए । 

