सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा रुघा, खोकी र ज्वरोले भाइरलको रुपमा फैलिएको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार बिहान एक दर्जन रहेका बिरामी साझँसम्म १०० भन्दमाथि पुगेको छ ।
बिरामीको संख्या अत्यधिक बढिरहेको र कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । उनले फेसबुमा लेखेका छन्, बिहानसम्म १ दर्जनको संख्यामा रहेका बिरामी सॉझसम्म सय नॉघेको छ । बिरामीको संख्या बढिरहेको छ । रुघा, खोकी ज्वरोले भाइरलको रुप लिएको छ । कोरोना नहोस् तर यसका लक्षण मिल्दाजुल्दा भएकोले थप चनाखो हुनु पर्दछ भन्ने मात्र आग्रह हो हाम्रो ।’
जनशक्ति र साधनस्रोतले भ्याएसम्मको बिरामीको सेवामा खटिरहेको उनले बताए । बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि सहयोगको लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालय प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
थप औषधी र मास्क लगायतका सामाग्री संकलन गरिरहेको र आफू पनि संकलन खटिरहेको उनले बताए । मंगलबार बिहानै मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मी टोली गुम्बा जाँदै गरेको पनि उनले जानकारी दिएका छन् ।
उनले लेखेका छन्, अहिले पनि म लगायत साथीहरु थप औषधी र मास्क लगायतका सामाग्री संकलन गरिरहेका छौं । बुधबार बिहान मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मी टोली गुम्बा पुग्नेछौं ।
कोरोना भाइरस नै भनेर नभनेको तर केरोनासँग मिल्दोजुल्दो लक्षण भएकोले सावधानी अपनाउन सम्बन्धित निकायमा पत्राचार गरेको उनले बताए । ‘सक्दो प्रयास भइरहेकोले नआत्तिन सबैमा आग्रह गर्दछु,’ उनले भने, ‘म फेरि दोहोऱ्याछु हामीले कोरोना भाइरस भनेका छैनौं योसँग लक्षण मिल्दोजुल्दो भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेका हौं ।’
