फिचर फाेटाे

एनआरएन उपाध्यक्ष कुमार पन्त सहितको टोली प्रभावित क्षेत्रमा (फोटो फिचर)

काठमाडौं– आइतबार साँझ आएको विनाशकारी आँधीका कारण प्रभावित भएकाहरुको परिवारलाई राहत वितरण गर्न गैरआवासिय नेपाली संघ (एनआरएन) ले सक्रियता थालेको छ ।

संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो आफ्नो मेडिसिटीको हेलीकप्टर सहित प्रभावित क्षेत्रमा छन् ।
यस्तै उपाध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर शाह, रतन झा सहितको टोलीले पनि राहत सामग्री वितरणको काम थालेको छ ।
पन्तका अनुसार टोलीले प्रदेश सरकारको सहमतिमा ५ सय धुरीलाई राहत वितरण गरेको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतको सल्लाहमा बाराको फेटास्थित पुरिया गाउँका ५०० घर धुरीलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल बितरण आजदेखि सुरु गरिएको पन्तले बताए ।

यता महतो पनि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली लिएर सोमबार अपरान्ह बारा पुगिसकेका छन् ।

हावा हुरीबाट घाइतेको उपचारमा सहयोगका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली औषधी र उपकरणसहित बारा पुगको हो ।
आँधीबाट २७ जनाको मृत्यु हुनुका साथै ४०० बढी घाइते र हजारौं प्रभावित बनेका छन् ।


About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्