ताजा खबर

सादिक खान लण्डन मेयरमा पुनः निर्वाचित

लण्डन । ब्रिटेनको प्रमुख विपक्षी लेबर पार्टीका नेता सादिक खान लण्डनको मेयर पदमा पुनः निर्वाचित भएका छन्।

विहीवार सम्पन्न स्थानीय निर्वाचनको शनिवार अबेर प्राप्त नजिता अनुसार खानले दोस्रो पदक सो पदमा पुग्ने पहिलो मुसलमान मेयर बनेका छन्।

साथै खानले सन् २०१६ मा युरोपेली संघको सदस्य मुलुकको राजधानीको पहिलो इस्लामिक मेयरको किर्तिमान समेत बनाएका थिए ।

लेबर पार्टीका खानले कन्जरभेटिभ दलका आफ्ना प्रत्यासीलाई पराजित गरेका थिए । खानलाई कतिपयले बेलायतको भावि प्रधानमन्त्रीका रुपमा समेत चित्रण गर्ने गरेका छन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्