ताजा खबर

अवैध रुपमा सुन संकलन गर्ने व्यक्ति पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनको पार्किङ एरियाबाट मोरङ पथरी शनिश्चारे नगरपालिका २ का बाल कुमार मगरलाई करिब १० लाख १५ हजार ९९ रुपैयाँ बराबरको १ सय ९९ ग्राम सुनका बाला ४ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा अवैध रुपमा सुन संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news