ताजा खबर

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोरङ । उर्लाबारी नगरपालिका ५ मधुमल्लास्थित सडकमा मे ९ प ९४४६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।

गम्भीर घाइते भएका पैदलयात्री धनकुटा डाँडागाउँ बस्ने ७८ वर्षीय लाल बहादुर खड्काको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news