ब्रेकिङ न्युज
दुई परिवारका ९ जनाको विभत्स हत्या
काठमाडौं– पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ ।
दुई परिवारका एक बालिकासहित ९ जनाको गएराती हत्या भएको हो
जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार एक परिवारको ५ र अर्को परिवारका ४ गरी ९ जनाको हत्या भएको हो ।
के कारणले हत्या भयो भन्नेबारे भने खुल्न नसकेको जनाएको छ ।
विभत्स हत्या गर्नेको पनि पहिचान हुन सकेको छैन।

