काठमाडौं । प्रहरीले कञ्चनपुरको महाकाली नदी किनारको ऐरी घाटबाट सात ट्याक्टर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले आज ती ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीले महाकाली नदीमा तटबन्ध गरिएको ५०० मिटर क्षेत्रभित्रबाट अनाधिकृतरुपमा गिट्टी र बालुवासहितको ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीले म १ त ९२०, म १ त ९२७, म १ त ८३६, म १ त ६७९, से १ त ८३४० र से १ त ३५८९ नं को ट्याक्टर नियन्त्रणमा लिएको हो।प्रहरीले गिट्टी र बालुवासहितका ट्याक्टर कारवाहीका लागि भीमदत्तनगरपालिका कार्यालयलाई सुम्पेको छ।
ट्याक्टर व्यवसायीले भने प्रहरीले विनाकारण ट्याक्टर नियन्त्रणमा लिएको आरोप लगाएका छन्। “प्रहरीले सडकबाट ट्याक्टर नियन्त्रणमा लिइ नदी किनारबाट लिएको भन्ने भ्रम फैलाएको छ।”
ट्याक्टर व्यवसायी अशोक चन्दले भने, ‘नगरपालिकामा रोयल्टी बुझाए पनि अनावश्यक नियन्त्रणमा लिने काम भयो।’ उनले प्रहरीले आज साँझसम्म अन्य ट्याक्टरसमेत नियन्त्रणमा लिएको बताए।
डिसी नेपाल