३२ असार २०८३, बिहीबार
Follow Us

फिदिम बजारमा लागेको आगो नियन्त्रणमा

nepalbritain news
२३ जेष्ठ २०७६, बिहीबार १२:३९

फिदिम : पाँचथर सदरमुकाम फिदिम बजारको मेन लाइनको होटलबाट सुरु भएको आगो नियन्त्रणमा आएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो।

फिदिम बजारको मेन लाइनमा रहेको पाथिभरा मिष्ठान्न भण्डारबाट आगलागी सुरु भएको हो। मिष्ठान्न भण्डारबाट सल्किएको आगोले सीता होटल र पाँचथर गेष्ठहाउस समेत जलेका छन्।

पाँचथर गेष्ठहाउससँगै रहेको एउटा कपडा पसलमा समेत आगलागीबाट पूर्ण क्षति पुगेको छ। एनएबी बैंकको फिदिम शाखा रहेको घरको झ्यालमा समेत आगोले क्षति पुर्‍याको छ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको