८ आश्विन २०८२, बुधबार
Follow Us

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

nepalbritain news
३१ असार २०७६, मंगलवार ०२:२५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका बजेटसम्बन्धी चार विधेयक प्रमाणीकरण गरेकी छन्।

उनले आज विनियोजन विधेयक २०७६, आर्थिक विधेयक, २०७६, राष्ट्र ऋण उठाउने विधेयक, २०७६ र ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६ प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति भण्डारीले उक्त विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्।
रासस

धेरै पढिएको