८ आश्विन २०८२, बुधबार
Follow Us

धारिलो हतियार प्रहार गरी आफ्नै बाबुलाई घाइते बनाएको अभियोगमा पक्राउ

nepalbritain news
१४ श्रावण २०७६, मंगलवार ०२:४६

ईलाम । धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन्।

मादक पदार्थ सेवन गरी घरायसी विवादको क्रममा चुलाचुली गाउँपालिका १ कमल बस्ने ३५ वर्षीय कृष्ण तामाङले बुबा पृथ्वी बहादुर तामाङलाई धारिलो हतियार दाउले प्रहार गरी घाइते बनाएको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले कृष्णलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

डिसी नेपाल

धेरै पढिएको