मुख्य समाचार

नेपालमा लगानी बढाउन परराष्ट्रमन्त्रीको आग्रह

चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मालदिभ्सको राजधानी मालेमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज बिहान सिङ्गापुरका विदेशमन्त्री भिभिन बालकृष्णन्लाई भेटेर नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ ।

सौहाद्र्रपूर्ण वातावरणमा उहाँहरूबीच भएको भेटवार्तामा नेपाल–सिङ्गापुर सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा सिङ्गापुरको प्रत्यक्ष वैदेशिक लगानी बढाउन त्यहाँका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न आफ्ना समकक्षीसँग अनुरोध गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्योपचारमा सहजीकरण गरेकामा सिङ्गापुर सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्