५ आश्विन २०८२, आईतवार
Follow Us

भारतीय सीमा नजीकै रहेको प्रहरी चौकीमा बम विस्फोट:भारतीय नागरिक पक्राउ

nepalbritain news
२७ कार्तिक २०७६, बुधबार ०५:०८

रौतहट । रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट भएको छ ।

जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

मठिया चौकी नेपाल–भारत सीमा क्षेत्र नजीक पर्दछ।

घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । सेन्ट्री पोस्टमा बसेका यादव घाइते भएका थिए।

विस्फोटमा संलग्न रहेका भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ।

उनले प्रयोग गरेको बीआर०५एच ६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
डिसी नेपाल

धेरै पढिएको