९ कार्तिक २०८२, आईतवार
Follow Us

यातायातका प्रमुखसहित ३८विरुद्ध भ्रष्टाचार मुद्दा

nepalbritain news
९ मंसिर २०७६, सोमबार ०४:४०

काठमाडौं : यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना ललितपुर तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जना विरुद्ध मुद्दा दायर भएको छ।

२०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षा (ट्रायल)मा ‘फेल’ भएका १ हजार २८४ जनालाई ‘पास’ गराएको आरोप उनीहरुविरुद्ध छ। आरोपीहरुले ट्रायलको नतिजामा फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजश्वसमेत नलिएर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि भएको अख्तियारले दाबी गरेको छ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको