ताजा खबर

अस्पतालमा मृत्यु भएकी आमालाई घर फर्काउँदा बाटोमा एम्बुलेन्स दुर्घटना, ६ जनाकाे मृत्यु

काठमाडौं। विमारी बोकेका एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ। आइतार राति १२ : २० बजे विरानगरबाट बिमारी लिएर उदयपुर फर्किँदै गरेको एम्बुलेन्सलाई ट्रकले सुनसरीको हरिपुरमा ठक्कर दिँदा सात जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिराटनगरमा उपचारको क्रममा उदयपुर त्रिगुया नगरपालिकाकी ८५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि मृतक राईको अन्तिम संस्कार गर्न परिवारका सदस्यले घर लिएर आउँदै थिए।

घर फर्किने क्रममा सुनसरीको हरिपुर भन्ने ठाउँमा ट्रकले ठक्कर दिँदा एम्बुलेन्समा रहेका मृतक शिवमाया राई सहित सात जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा एम्बुलेन्स चालक त्रियुवा नगरपालिकाका राजेश दनुवार, सोही ठाउँमा दुर्गाधर राई (३४), टेकेन्द्र राई (२८), तुलबहादुर राई (५०), मुशेक राई (३५) र दिनेश राई (३२) रहेका छन्। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news