मुख्य समाचार

आइसीसीमा मनोनीत हुनेलाई एनआरएनए युकेको बधाई

लण्डन । गैरआवासीय नेपाली संघ युकेले संघको केन्द्रीय समितिका बिभिन्न पदमा मनोनयन तथा निर्वाचित भएका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
संघका अध्यक्ष पुनम गुरुङ्ग र महासचिव फडिन्द्र भट्टराईले मंगलवार एक विज्ञप्ति जारी गर्दै हालै सम्पन्न संघको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, सल्लाहकार, आइसीसी सदस्य र मानार्थ सदस्यहरु एक मुष्ठ बधाई तथा शुभकामना दिएको हो ।
संघको केन्द्रीय समितिमा बेलायतबाट महासचिवमा डा. हेम राज शर्मा, युरोप उपसंयोजक कृष्ण तिमिल्सीना, सल्लाहकार कुल आचार्य, विश्वआर्दश पण्डित, आइसीसी सदस्यमा भक्त गुरुङ्ग, रामशरण सिमखडा, यस्तै अनुशासन आयोगको सदस्यमा सूर्य गुरुङ्ग, मानार्थ सदस्यमा चिरन शर्मा, विनोद ज्ञवाली, कर्ण शाही, रण केसी, चन्द्र गुरुङ्ग, र विजन भट्टको प्रतिनिधित्व रहेको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्