२४ फाल्गुन २०८२, आईतवार
Follow Us

रामेछाप बस दुर्घटनामा मृत्यु भएका १२ मध्ये ९ जनाको पहिचान खुल्यो

नेपालब्रिटेन संवाददाता
२७ माघ २०८२, मंगलवार १४:५८

काठमाडौँ । रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर ज्यान गुमाएका १२ मध्ये ९ जनाको सनाखत भएको छ । मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१-००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो ।

सो दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार ७ पुरुष र ५ महिला गरी १२ जनाको निधन भएको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

मृतकहरू :
१. दोलखा भीमेश्वर नगरपालिका-७ बस्ने अन्दाजी २५ वर्षीया बबि तामाङ ।
२. दोलखा भीमेश्वर नगरपालिका-८ बस्ने अन्दाजी ६० वर्षीया मान बहादुर तामाङ ।
३. रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने अन्दाजी २८ वर्षीय दिपेश बस्नेत ।
४. रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ ।
५. रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने अन्दाजी ३१ वर्षीया तारा तामाङ ।
६. रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने अन्दाजी ३६ वर्षीय भिम बहादुर तामाङ ।
७. रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने अन्दाजी १६ वर्षीया रमिता तामाङ ।
८. रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत।
९. सिन्धुली गोलन्जोर गाउँपालिका-६ अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ ।

धेरै पढिएको