१ कार्तिक २०८३, शनिबार
Follow Us

अख्तियारले आफूमाथि लगाएको भ्रष्टाचार मुद्दा बदर गर्न माग गर्दै न्यायाधीश गौतमले दिए रिट

nepalbritain news
१ फाल्गुन २०७६, बिहीबार ०५:४७

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका चितवन जिल्ला अदालतका न्यायाधीश विनोद गौतमले उक्त मुद्दा बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन भूमिका खेलेको भन्दै गत हप्ता अख्तियारले उनी विरूद्ध ९ करोड ६५ लाख ७६ हजारको भ्रष्टाचार मुद्दा लगाएको थियो। भ्रष्टाचार मुद्दामा अभियुक्त भएपछि उनी निलम्बनमा परेका हुन्।

आफूलाई अख्तियारले क्षेत्राधिकार मिचेर मुद्दा चलाएको भन्दै उनले अख्तियारले चलाएको मुद्दा र त्यससम्बन्धी सम्पूर्ण काम कारबाही बदर गर्न माग गरेका छन्।

धेरै पढिएको