९ कार्तिक २०८२, आईतवार
Follow Us

आज प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना हुँदै

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७६, सोमबार ०१:०३

प्रधानमन्त्री केपी ओलीको आगामी बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुने भएको छ । त्यसका लागि उनी सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै छन् । ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार छन् । दुवै मिर्गाैला फेल भएपछि ०६४ मा भारतको अपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् । ओलीको पहिलोपटकको मिर्गौला प्रत्यारोपण गर्ने भारतीय डाक्टरलाई बोलाउने विषयमा समेत छलफल चलिरहेको छ । तर, सोमबार मात्रै त्यसको टुंगो लाग्ने स्रोतले जनाएको छ ।

प्रत्यारोपणको तयारीस्वरूप आइतबार प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा कोलोनोस्कोपी गरिएको छ । प्रत्यारोपण गर्नुपूर्व कोलोनोस्कोपी गरिन्छ । यसअघि उनको मुटुको अवस्था हेर्न मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफी गरिएको थियो । प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।

धेरै पढिएको