ब्रिटेन

आफ्नै निर्णयबाट पछि हट्यो दूतावास (Update)

वेलायतका लागि नेपाली राजदूत डा.दुर्गाप्रसाद सुवेदीले आफ्नो ओहोदाको प्रमाण पत्र (क्रेडेन्सियल) बुझाउने दिन लन्डनस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय गराए। राजदूतकै निर्देशनमा दूतावासले १ डिसेम्बर, बिहीबारका दिन कन्सुलर सेवा समेत बन्द हुने सार्वजनिक सूचना सार्वजनिक गरियो।

‘हामी सेवाग्राहीप्रति उत्तरदायी छौं। सेवा दिनकै लागि दूतावास खुलेको हो। यसअघि जे जस्तो सूचना अाएको भए पनि कन्सुलेट सेवा बिहीबार सुचारु रहनेछ’, प्रवक्ता अारणले भने।

‘महारानी समक्ष क्रेडेन्सियल बुझाउन दिन परेकाले कन्सुलर लगायतका सबै सेवा बन्द गर्न राजदूतज्यूले निर्देशन दिनुभएको थियो’, दूतावास स्रोतले भन्यो, ‘यसअघि अरु राजदूत आउँदा यस्तो हुँदैनथ्यो।’

राजदूतको निर्देशनमा दूतावासले क्रेडेन्सियल बुझाउने दिन पासपोर्ट, भिजा र कन्सुलर सेवा उपलब्ध नहुने लिखित सूचनै जारी गर्‍यो।
15110988_673589862802705_6181413564203991121_o
‘सुरक्षाका कारण दूतावास बन्द गर्ने निर्णय भएको हो’, दूतावास प्रवक्ता शरदराज आरणले नागरिकन्युजसँग भने। दूतावस बन्द हुने विषय केही नेपाली अनलाइनहरुमा समाचारको रुपमा अायो। सो विषयलाई नेपालीहरुले ‘पञ्चायती शैलीको रवाफ’ भन्दै फेसबुक र ट्विटरबाट कडा विरोध प्रकट गरे।

सर्वसाधारण नेपालीको विरोधका कारण अन्ततः दूतावासले आफ्नो निर्णय फिर्ता लिन बाध्य भयो। ‘हामी सेवाग्राहीप्रति उत्तरदायी छौं। सेवा दिनकै लागि दूतावास खुलेको हो। यसअघि जे जस्तो सूचना अाएको भए पनि कन्सुलेट सेवा बिहीबार सुचारु रहनेछ’, प्रवक्ता अारणले भने।

सुवेदीले २९ सेप्टेम्बरमा राजदूतको पदभार ग्रहण गरेका थिए। दुई महिनापछि उनले आहोदाको प्रमाणपत्र बुझाउन लागेका हुन्। उनी वेलायतका लागि २० औं नेपाली राजदूत हुन्।

अपडेट — दूतावासले यसअघि कन्सुलर सेवा बन्द हुने भन्ने अंग्रेजीमा लेखिएको सूचना आफ्नो फेसबुक तथा वेवसाइटबाट हटाएर नयाँ विज्ञप्तिजारी गरेको छ । विज्ञप्तिमा ओहोदाको प्रमाणपत्र बुझाउने दिन ११.३० बजे दखि १३.०० बजे सम्म कन्सुलर सम्बन्धी सेवा बन्द हुने जनाएको छ । उक्त सेवा साँझ १९.०० बजे सम्म सुचारु हुने विज्ञप्तिमा उल्लेख छ
15301146_10154011185378639_405476355_n

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्